राष्ट्रपतिद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त


२७ असार २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अस्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त भएका हुन् ।

रेग्मी संयुक्त राष्ट्र सङ्घ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस