काँग्रेस केन्द्रीय समितिको बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस केन्द्रीय समितिको बैठक सुरु


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

स्थानीय तह निर्वाचनपछि काँग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ । उनले भने, ‘साथीहरूले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौँ ।’

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए । काँग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेन्डा रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस