वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जरुरी छ : मन्त्री कुँवर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जरुरी छ : मन्त्री कुँवर


२७ असार २०७९, सोमबार


गोदावरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु जरुरी रहेको बताएका छन् ।

कैलालीको धनगढीमा प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने नेपाली श्रमिक विभिन्न बहानामा ठगिँदै आएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागि परेको बताएका हुन् ।

सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरिने र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने जानकारी दिँदै मन्त्री कुँवरले नेपाली श्रम बजारमा अझै दक्ष जनशक्ति अभाव रहेकाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र स्वदेशमै पनि रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्धन गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस