चिनियाँ नेता लिउ र परराष्ट्रमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ नेता लिउ र परराष्ट्रमन्त्रीबीच भेटवार्ता


२६ असार २०७९, आइतबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ ।

लिउले आज (आइतबार) अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई पक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौँ आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस