नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात


२६ असार २०७९, आइतबार


काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ ।

जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।

कम्बोडियामा नेपालबाट २० करोड २ लाख ४६ हजार रुपैयाँ बराबरको ३०५ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।

यसपछि, हङकङमा ३ करोड ९३ लाख रुपैयाँको ६८ किलो यार्सागुम्बा निर्यात भएको छ भने फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ किलोग्राम यार्सागुम्बा निर्यात भएको देखिन्छ ।

यसपछि, कोरिया, रसिया, सिंगापुर, थाइल्यान्ड, युक्रेन, बेलायत, अमेरिका र भियतनाम लगायतका देशमा समेत यार्सागुम्बा जाने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस