बाजुराको बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुराको बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित


२६ असार २०७९, आइतबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । 

मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का भएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ ।

मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।

१३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । 

नेपाली काँग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस