बुढीगंगा-७ मा काँग्रेसका भवनसिंह केसी विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बुढीगंगा-७ मा काँग्रेसका भवनसिंह केसी विजयी


२६ असार २०७९, आइतबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भवनसिंह केसी विजयी भएका छन् । आइतबार बिहान आएको वडाको अन्तिम परिणाममा उनी ३८१ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेकपा (एमाले)का उम्मेदवार मन्नामे बिस्टलाई ३९ मतले पराजित गरे । बिस्टले ३४२ मत ल्याए । माओवादी केन्द्रका दाने खड्काले ५८ मत पाए ।

अहिले वडा नम्बर-५ र ६ को मतगणना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस