मधेस प्रदेश सरकारले आज बजेट पारित गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेश सरकारले आज बजेट पारित गर्ने


२५ असार २०७९, शनिबार


काठमाडौँ । मधेस प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७९-८० को बजेट पारित गर्ने तयारी गरेको छ। 

शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै शनिबार बजेट पारित गर्न लागिएको हो।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको जानकारी दिए।

प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि गत असार १ गते ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको  बजेट प्रदेशसभामा पेस गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस