आँधी र वर्षाका कारण १६ जनाको मृत्यु, ४० जना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आँधी र वर्षाका कारण १६ जनाको मृत्यु, ४० जना बेपत्ता


२५ असार २०७९, शनिबार


काठमाडौँ । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । 

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार  साँझ अकस्मात् आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरूलाई अस्पताल पुर्‍याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस