राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटेलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७र७ वर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ ।

यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो ।

जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वल रावलले दुर्व्यवहार भएको होटेलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरी असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरूले यौन दुर्व्यवहार गरेको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूले उति बेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए ।

तीनै जना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो । बाहिरी समाजबाट टाढा, जङ्गलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसङ्ख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रूपमा यो घटनालाई कतिपयले व्याख्या गरेका थिए ।

राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैर राउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए । भिडियोमा युवती मदिराले लट्ठै परेको देखियाे भने युवाले उनीहरूमाथि यौनजन्य गतिविधि गरिरहेको देखियाे ।

Tags :
प्रतिक्रिया दिनुहोस