सुदूरपश्चिमका लागी प्रावि तह प्रथम, द्वितीय र निमावि तह द्वितीय श्रेणीको शिक्षक छनोट (नतिजासहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूरपश्चिमका लागी प्रावि तह प्रथम, द्वितीय र निमावि तह द्वितीय श्रेणीको शिक्षक छनोट (नतिजासहित)


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितीय र निम्न माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक छनोट गरेको छ ।

आयोगले प्राथमिक तह, प्रथम श्रेणी तथा द्वितीय तहको र निम्न माध्यमिक तहको द्वितीय तहका लागि गत मंगलबार (असार २१ गते) लिएको अन्तर्वार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुका लागि शिक्षक छनोट गरेको छ ।

आयोगले अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुले नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशित भएको सात दिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस