दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदानमा दोब्बर अङ्कको वृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदानमा दोब्बर अङ्कको वृद्धि


२४ असार २०७९, शुक्रबार


दक्षिण कोरिया । दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बाबजुद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ ।

प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा झरेको छ ।

राजस्वले लगभग बजारको अपेक्षा पूरा गर्‍यो तर परिचालन मुनाफाले करिब ६६ करोड ३८ लाख अमेरिकी डलरको प्रक्षेपणलाई कायम राख्न नसकेको देखिएको छ ।

युरोपमा लामो समयसम्म भौगोलिक जोखिम र विश्वव्यापी आपूर्ति शृङ्खला अवरोधको बीचमा वस्तुको मूल्य र रसद लागतले गर्दा परिचालन मुनाफामा दोब्बर अङ्कको कटौती भएको थियो ।

प्रमुख अर्थतन्त्रहरूमा कर्जाको बढोत्तरीले पनि विश्वव्यापी खपतको मागलाई कम गरेको कम्पनीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस