बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने


२४ असार २०७९, शुक्रबार


बागमती । बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ ।

बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ ।

प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस