निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


२३ असार २०७९, बिहिबार


काठमाडौँ । वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो ।

अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस