जनार्दन शर्माले ल्याएको बजेट खारेज नयाँ बजेट पेस गर्न सुवालको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनार्दन शर्माले ल्याएको बजेट खारेज नयाँ बजेट पेस गर्न सुवालको माग


२३ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेस गर्न सरकारसँग माग गरेका छन् । 

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको बजेट खारेज गरी नयाँ ल्याउनुपर्ने बताएका हुन् ।

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए ।

‘नगरकोट र दुवाकोट सडक समयमा पुनर्निर्माण र कालोपत्रे समयमै नहुँदा स्थानीय जनता र पर्यटकहरूलाई कठिन भइरहेको छ । यी दुवै सडकको निर्माण कार्य अविलम्ब सम्पन्न गरियोस् । सार्वजनिक वन मासेर भक्तपुर बाघेश्वरीमा खानेपानीको मुहान रहेको भंगेरीडाँडामा रवि खेलमैदान बनाइएको छ । खारेज गरियोस् । मन्त्रिपरिषद्ले एसपीपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदै छ भनी पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन ? गोपनीयता भङ्ग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेस गर्न जरुरी छ, सांसद सुवालले भने ।

अर्थमन्त्री शर्माले बुधबार संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस