काममा फर्किए अर्थसचिव « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काममा फर्किए अर्थसचिव


२३ असार २०७९, बिहिबार


काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा अर्थसचिवको उपस्थिति भएको जानकारी गराए ।

‘सन्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ प्रवक्ता निरौलाले भने ।

बालुवाटार स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले नै मरासिनीलाई बिहान बोलाएर आफूले अर्थको जिम्मेवारी लिएको जानकारी गराउँदै काममा फर्किन निर्देशन दिनुभयो, साथै संसदीय छानबिन समितिलाई सघाउन भन्नुभयो, त्यसपछि मरासिनी काममा फर्किनुभएको छ’ बालुवाटार स्रोतले भन्यो । अर्का राजस्व सचिव कृष्णहरि पुष्कर भने विदेश भ्रमणमा छन् ।

अर्थमन्त्रीबाट शर्माले राजीनामा नदिएसम्म बिदामा बस्ने भन्दै मरासिनीले दुई दिनअघि प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । शर्माले बुधबार राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार : अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मधुकुमार मरासिनी

Tags :
प्रतिक्रिया दिनुहोस