काठमाडौँमा साझाका ३ वटा विद्युतीय बस सञ्चालनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा साझाका ३ वटा विद्युतीय बस सञ्चालनमा


२३ असार २०७९, बिहिबार


काठमाडौँ । साझा यातायातले आजदेखि तीन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ ।

चीनबाट नेपाल ल्याइएको बस आज (बिहीबार) बाट सञ्चालनमा आएको हो ।

चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात् आजदेखि सेवा सुरु गरिएको हो ।

चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको विद्युतीय बस हो ।

साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ ।

सञ्चालनमा आएका बसको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो बसको सिट क्षमता ४० रहेको छ ।

काठमाडौँ उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस