राष्ट्रियसभामा दुई विधेयक पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभामा दुई विधेयक पेस


२३ असार २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रियसभामा दुई विधेयक पेस गरिएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेस गरेका थिए ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए।

यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस