२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कृषि सामग्री कम्पनीले भारतबाट मल ल्याउन आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागले यसअघिको एकीकृत निर्देशिका संशोधन गरेर उक्त निर्देशन दिएको हो ।

नेपाल सरकारले भारतबाट मल ल्याउन भारतीय सरकारसँग सम्झौता गरेसँगै राष्ट्र बैङ्कले पनि बैङ्कहरूलाई उक्त निर्देशन जारी गरेको हो ।

‘कृषि सामग्री कम्पनी लिमिटेडले सरकारस्तरीय सहमति गरी सोही खरिद व्यवस्थाअन्तर्गत भारत सरकार वा भारत सरकारको सार्वजनिक निकायसँग प्रतितपत्रमार्फत रासायनिक मल खरिद गर्दा परिवर्त्य विदेशी मुद्रामा समेत खरिद गर्नुपर्नेछ,’ राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ ।

जीटूजी व्यवस्था (सरकार) मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल सरकारले भारतीय सरकारसँग गत फागुनमै सम्झौता गरेको हो ।

पाँच वर्षका लागि भएको उक्त सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइने बताइएको छ ।

जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।

दुई पक्षबीच भएको उक्त समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुने दाबी सरकारले गर्दै आएको छ ।

यही प्रक्रियाअनुसार आयात गरिने मलका लागि भुक्तानी गर्न आवश्यक विदेशी मुद्रा सटही सुविधा दिन राष्ट्र बैङ्कले बैङ्कहरूलाई निर्देशन दिएको हो ।