२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर सङ्गीतकार शम्भु जीत बास्कोटालाई नियुक्ति गरेको छ ।

अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर सङ्गीतकार शम्भु जीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो ।

बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिका सम्बन्धी नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरू र सदस्यसचिव नियुक्त गरेको बताए । सरकारका प्रवक्ता कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैङ्कबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको बताए ।

त्यस्तै, नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गरेको छ । हरित ग्यास उत्सर्जन न्यूनीकरण लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सहायता स्वीकार सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । उनले हरित तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने निर्णय पनि गरेको बताए । त्यस्तै, सरकारले पहाडी क्षेत्रमा काष्ठ फल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैङ्कबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले २०७९ असार २४ देखि २६ गतेसम्म भारतको डिल्लीमा रि फाइडिङ द फिउचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत भएको छ । सरकारले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिबी परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको बताए । उनले बागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर स्थित शतनचुली सामुदायिक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको बताए । त्यस्तै मन्त्रिपरिषद्ले कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए ।

मन्त्री कार्कीले भाषा आयोगको पदमा डा। अम्मरराज गिरी, प्राध्यापक डा। कृष्णप्रसाद न्यौपाने,मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने निर्णय भएको बताए । उनले विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय भएको बताए । त्यस्तै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रवीन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने भएको छ । नेपाल प्रशासन सेवा सामूहिकतामा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ । नेपाल कृषि तथा वन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा डा. दीपककुमार खराललाई पनि बढुवा गरेको छ । त्यस्तै, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा. संगीता कौसल मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस