अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुने, ६ सदस्यीय समिति बन्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुने, ६ सदस्यीय समिति बन्दै


२२ असार २०७९, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।

एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुङ्गो लागि नसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

संसदीय छानबिन समिति ६ सदस्यीय हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस