नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाका कारण रद्द, दोस्रो खेल आज हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाका कारण रद्द, दोस्रो खेल आज हुँदै


२२ असार २०७९, बुधबार


काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार घरेलु टोलीको सामना गर्दैछ ।

दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो ।

नेपाल आज क्यानडालाई हराएर सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस