मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


२१ असार २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको मङ्गलवार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते भएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस