अश्लील शीर्षक राखी भिडियो बनाउने युट्युबर पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अश्लील शीर्षक राखी भिडियो बनाउने युट्युबर पक्राउ


२१ असार २०७९, मंगलबार


काठमाडौँ । युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टिभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेव फाँट घर भई काठमाडौँ बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।

लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ ।

लामालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस