पसलमा लुकाएको पेस्तोल र गोलीसहित एक जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पसलमा लुकाएको पेस्तोल र गोलीसहित एक जना पक्राउ


२१ असार २०७९, मंगलबार


पक्राउ

सर्लाही । प्रहरीले पसलमा लुकाइ राखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।

मङ्गलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित सर्लाहीको हरिवन नगरपालिका ९११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।

दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यालयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए ।

उनले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो । पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस