इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास


२१ असार २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास गरेको छ ।

मङ्गलवार बसेको नगर कार्यपालिकाको बजेट थपको प्रस्ताव पास भएको हो । अब यसलाई नगर सभाले अनुमोदन गर्नुपर्नेछ ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । तर चैतमै सकिएकाले तीन महिनाका लागि साढे ३ करोड थप्ने प्रस्ताव पेस भएको हो, जुन पास भएको छ ।

यो बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तरण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस