विवादपछि बालनेद्वारा नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवादपछि बालनेद्वारा नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण


२१ असार २०७९, मंगलबार


काठमाडौँ । र्‍याप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिराइएको मुकुटमा विवाद समाधान भएको छ ।

काठमाडौँका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले आज (मंगलबार) बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका हुन् ।

रियालिटी शोको शनिबार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

बौद्ध धर्ममा यस्तो मुख:(मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्च अभिषेक दिँदा लगाइदिने परम्परा छ । तर, एउटा साङ्गीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो ।

यस विषयमा हिजो महानगरपालिकामा मेयरसहितको छलफल भएको बुझिएको छ । उक्त छलफलमा मेयर साहले जानेर–नजानेर गल्ती भएको स्विकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए ।

त्यसैअनुरूप आज थँ हिति ज्याथास्थित छुस्या बहा: मा आयोजित एउटा सानो कार्यक्रममा बालेन्द्र स्वयम्ले गुरु देय थ:पा लाई मुकुट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पत्रकारहरूलाई निम्त्याइएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस