रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी


२१ असार २०७९, मंगलबार


काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ ।

खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् ।

गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको शव निकालिएको छ भने अन्यको उद्धार कार्य जारी छ । ‘१० जनाको शव निकालिएको आधीकारी जानकारी प्राप्त भएको छ, ‘दुर्घटनामा परेका अन्यको पनि उद्धार भइरहेको छ, हामी घटना स्थल जाँदै छौँ, उनले भनिन् ।’ सडकबाट अन्दाजी ४० मिटर तल खसेको पनि उनले जानकारी दिइन् ।

उनका अनुसार २७ जना यात्रु लिएर रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस