परेडमा गोली चल्दा ६ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परेडमा गोली चल्दा ६ जनाको मृत्यु


२१ असार २०७९, मंगलबार


काठमाडौँ । अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्। 

समाचार एजेन्सी एएफपीका अनुसार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो। अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलाबारी भएको हो। 

घटनालगत्तै पत्रकार सम्मेलन गरी प्रहरी अधिकारीले घटनास्थलबाट एक राइफल बरामद भएको बताएका छन्।

घटनास्थललाई सिल गरी गोली चलालउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस