काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन गरेको छ ।
निर्माण व्यवसायीको मागअनुसार उनीहरुकै अनुकुलतामा नियमावली १२औं संशोधन भएको हो ।
रुग्ण रहेका आयोजनालाई आगामी एक वर्षका लागि म्याद थप्न सकिने गरी संशोधित नियमावलीको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । रुग्ण आयोजनाको म्याद थप्न संशोधित कार्यतालिकासहित अबको २१ दिनभित्रै व्यवसायीले सम्बन्धित आयोजनामा निवेदन दिन सक्नेछन् ।
अधिकारप्राप्त अधिकारीले २०८० असार मसान्तसम्म म्याद थप गर्नसक्ने गरी नियमावलीले बाटो खोलेको छ ।
अब ५ अर्बकोसम्मको ठेक्का नेपाली ठेकदार कम्पनीले नै पाउने भएका छन् । यसअघि ३ अर्बसम्मका ठेक्का मात्रै नेपालीले पाउने गरी ११औं संशोधन भएको थियो ।
हेर्नुहोस् सुचना :