काठमाडौँ । काठमाडौँको पुतलीसडकमा आगलागीबाट ९ लाखको धनमाल जलेर नष्ट भएको छ।
काठमाडौँ महानगरपालिका–२८ पुतली सडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्यास लिक भई आइतबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट भान्छा कोठा, बैठक कोठा र घर नजिकैको उनकै छोरा जीवन गोविन्द श्रेष्ठको भान्छा कोठा तथा बैठक कोठामासमेत रहेको सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।