५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले भन्यो-‘चीन-क्यारेबियन सम्बन्ध बिगार्ने अमेरिकी प्रयास असफल हुनेछ’

अ+ अ-

काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि आक्षेप र आक्रमण गर्न अमेरिकी प्रयासलाई ‘घृणास्पद‘ भनेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी यो प्रयास अन्तत: असफल हुने जिकिर गरेका छन् ।

प्रवक्ता जियानले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारेबियन राष्ट्रहरूले पूर्वाधार आयोजना निर्माणका लागि बिक्रेता र ठेकेदार छनोट गर्दा दिएका पछिल्ला टिप्पणीहरूको जवाफमा यो प्रतिक्रिया दिएका हुन्।

दैनिक पत्रकार सम्मेलनमा बोल्दै लिनले ती टिप्पणीहरूलाई चीनमाथि गरिएको दुर्भावनापूर्ण आक्रमणको संज्ञा दिए । अमेरिकी यो प्रयासले चीनको छवि बिगार्ने तथा सम्बन्धित राष्ट्रहरूसँगको सम्बन्धमा खलल पुर्‍याउने उद्देश्य राखेको उनले टिप्पणी गरे ।

उनले यसलाई वैचारिक पूर्वाग्रह र अन्तर्राष्ट्रिय सम्बन्धका मौलिक मान्यताहरूको घोर अपमानको रूपमा चित्रित गरे।

‘चीन यसप्रति गम्भीर असन्तोष र दृढ विरोध प्रकट गर्छ,’ प्रवक्ताले भने।

लिनले क्यारेबियन राष्ट्रहरूले आफ्ना सहयोगी स्वतन्त्र रूपमा चयन गर्ने अधिकार राख्ने स्पष्ट गर्दै कसैको घोचपेच सहनु नपर्ने बताए।

उनले थपे, ‘चीन र क्यारेबियन राष्ट्रबीचको सम्बन्ध दुवै पक्षको आधारभूत र दीर्घकालीन हितअनुकूल छ। चीन-क्यारेबियन सम्बन्ध र सहकार्यमाथि अमेरिकाले आक्रमण गर्ने र बदनाम गर्ने घृणित प्रयास कहिल्यै सफल हुने छैन।’

प्रतिक्रिया दिनुहोस