बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित


१९ असार २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।

उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएका प्रति उनीहरूको प्रशंसा गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस