आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्न : एमाले « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्न : एमाले


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म कायम हुनेमा विश्वास नभएको बताएको छ ।

पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको बताएका हुन् ।

‘गठबन्धनमा रहेका दलहरुमा एक अर्काप्रति अविश्वास छ, काँग्रेसले माओवादीलाई अपमानित गर्‍यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौँ न कसरी जाँदो रहेछ’ गुरुङले भने ।

जनता समाजवादी पार्टी विभाजनको सङ्घारमा रहेको र विभाजनपछि विभाजित दल कुन दलसँग तालमेलमा जान्छ भन्ने अहिले नै टुङ्गो नलागेको भन्दै उनले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

गुरुङले भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस