नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आइजिपी धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा समितिले यही असार १७ गते एसएसपी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणालाई डिआइजीमा बढुवा सिफारिस गरेको थियो ।

सिफारिस गरिएका सबैको बढुवा सदर भएको हो । उनीहरूलाई नै दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

अहिलेकै डिआइजीमध्येबाट १० महिनापछि प्रहरीको नयाँ नेतृत्व नियुक्त हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस