नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ , समुदायस्तरमा सङ्क्रमण बढ्न सक्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ , समुदायस्तरमा सङ्क्रमण बढ्न सक्ने


१९ असार २०७९, आइतबार


काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।

धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो सङ्क्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

भारत र अमेरिकामा पछिल्लो समय सङ्क्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ ।

नेपालमा अहिले बीए ५ कै कारण सङ्क्रमण गराइरहेको भए कोभिड–१९ फेरि समुदायस्तरमा बढ्न सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा सङ्क्रामक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस