प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयकाे भ्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयकाे भ्रमण


१८ असार २०७९, शनिबार


काठमाडौँ । गत असार १३ गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरूले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयको भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले मुख्यालयका सैन्य सल्लाहकार जेनरल बिरामे डिओप, अन्डर सेक्रेटरी जेनरल जिन पिएरी ल्याक्रोइक्स, अतुल खारे र रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका छन् ।

छलफलमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेको नेपाली सेनाले जनाएको छ ।

शर्मा तथा भ्रमण दलका सदस्यहरू भ्रमण सम्पन्न गरी असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै युएन मिसनहरूको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरू सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस