गठबन्धनका शीर्ष नेताहरूले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गठबन्धनका शीर्ष नेताहरूले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्दै


१८ असार २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थल’को आज स्थलगत निरीक्षण गर्ने भएका छन् ।

काठमाडौँबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने गठबन्धनका एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा गर्ने भएका हुन्।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गर्न लागेका हुन् ।

जैविक विविधतायुक्त घना जङ्गल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य गरेका छन् ।

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्ण पाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस