प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता भोलि निजगढ जाँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता भोलि निजगढ जाँदै


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले शनिबार बिहान बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

काठमाडौँबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जाने भएका हुन् ।

वातावरण र पूर्वाधार विकासबिच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस