२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिएको संख्या बढ्नु देशका लागि महत्त्वपूर्ण : गभर्नर

अ+ अ-

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्ट (सिए) को संख्या बढ्दै जानु देशका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

गभर्नर अधिकारीले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड एकाउन्टेन्टको सुझावले अलग महत्त्व राख्ने बताए ।

‘हामी विभिन्न पक्षसँग सल्लाह सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाइँहरू कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाइँहरूलाई सधैँ रहने छ’, गभर्नर अधिकारीले भनेका छन् ।

काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घको कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

यस क्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस सङ्घ (एक्यान)को नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूलाई गभर्नर अधिकारीले शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै सङ्घका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी समस्या भएमा त्यसको समाधानका लागि चार्टर्ड एकाउन्टेन्ट सङ्घ छलफल गर्न सधैँ तयार रहेको बताएका थिए ।

पाण्डेको नेतृत्वमा सङ्घको नयाँ कार्यसमितिमा सुशील घिमिरे उपाध्यक्ष रहेका छन् । यस्तै महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल, चयन भएका छन् ।

सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शङ्कर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन् ।

गभर्नर अधिकारीले बुधबार नक्सालस्थित एक होटलमा एक्यानको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।

देशभर चार्टर्ड एकाउन्टेन्टहरूको संख्या ३ हजारभन्दा बढी रहेको बताइन्छ । तीमध्ये २८ भन्दा धेरै एक्यानमा आवद्ध रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस