२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिट बढाउन गठबन्धन आवश्यक भएकाे काँग्रेसको निर्वाचन परिचालन समितिको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो ।

यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न नसकेको, सहयोगको भावना नभएको, प्रमुख र उपप्रमुखमा तालमेल बन्दै गर्दा वडा तहमा सहमति नहुने जस्ता समस्याहरू देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सैद्धान्तिक मतभेद भएको पार्टीका चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभई शुभेच्छुकलाई समेत गाह्रो भएको र रुख चिह्नबाहेक अरुमा मतदान गराउनु घातक हुनसक्ने जनमत पनि देखिएको प्रतिवेदनमा जनाइएको छ ।

यसका बाबजुद गठबन्धन सफल भएको निर्वाचन परिचालन समितिको ठहर छ । निर्वाचन जित्न काँग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणाममुखी हुने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन परिणामले समेत काँग्रेसको प्रतिस्पर्धी पार्टीको मत झन्डै बराबरीको अवस्थामा आउनुले सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्न आवश्यक देखिन्छ ।’

स्थानीय चुनावमा धेरै सिट जितेका कारण अब हुने चुनावमा गठबन्धन प्रभावकारी हुन सक्ने समेत समितिको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस