साङ्गीतिक प्रस्तुतिका लागि ‘अर्थर गन’ नेपाल आउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साङ्गीतिक प्रस्तुतिका लागि ‘अर्थर गन’ नेपाल आउँदै


१६ असार २०७९, बिहिबार


काठमाडौँ। प्रख्यात गायन रियालिटी सो ‘अमेरिकन आइडल’ फाइनलिस्ट बन्न सफल प्रथम नेपाली युवा दिवेश पोख्रेल उर्फ ‘अर्थर गन’ साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन् ।

अमेरिकन आइडलको १८ औँ सिजनका उपविजेता रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेन सम्म पुग्न सफल भएका थिए ।

कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठुलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै १८औँ सिजनका दश प्रतिस्प्रर्धीलाई अमेरिकन आइडल दोस्रो मौका दिएको थियो जसमा उनी टप सेभेनसम्म पुगेका थिए ।

दर्शक र निर्णायक दुवैबाट राम्रो प्रतिक्रिया पाएका दिवेशको ‘टेक मी होम कन्ट्री रोड’, रिमेम्बर मी लगायतका बोलका गीतको प्रस्तुति अत्याधिक चर्चित भएको थियो ।

अर्थरले सामाजिक सञ्जाल फेसबुकमार्फत साङ्गीतिक प्रस्तुतिको लागि आफूहरु नेपाल आउन लागेको जानकारी गराएका हुन् । ‘लामो प्रतीक्षा पश्चात् म साङ्गीतिक प्रस्तुतिको लागि नेपाल आउन लागेको छु , आफ्नो जन्मभुमीमा आएर तपाईँहरू समक्ष आफ्नो प्रस्तुति दिनको लागि म अत्यन्तै उत्साहित छु’ उनले भनेका छन् ।

हालसम्म उनले कुन–कुन ठाउँमा प्रस्तुति दिँदै छन् भन्ने भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस