२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

अ+ अ-

काठमाडौँ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ।

यस प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि असार १५ गतेसम्म प्रदेशका नौवटै जिल्लामा ४३ प्रतशित क्षेत्रमा मात्रै रोपाइँ सकिएको हो।

प्रदेशका नौवटै जिल्लामा सिँचाइको सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ। ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता गरिएको छ।

उक्त निर्देशनालयका अनुसार यस वर्ष अन्य वर्षको तुलनामा समयमै वर्षा नभएका कारण धान रोपाइँमा ढिलाइ भएको हो। समयमै पानी नपरेका कारण त्यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए।

पछिल्लो केही दिनयता वर्षा हुन सुरु भएपछि रोपाइँ गर्ने प्रतिशत बढ्न थालेको जनाइएको छ। डोटीलगायत समग्र सुदूरपश्चिममा असार पहिलो साताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका यहाँका किसान भने बल्ल धान रोपाइँको काममा लागेको शिखर नगरपालिका(२ का रामबहादुर दडीवानाले बताए।

उनले भने, ‘असार पहिलो सातादेखि जिल्लामा रोपाइँको निकै चटारो हुने गर्दथ्यो, ढिला वर्षा भएकाले बल्ल रोपाइँ सुरु भएको छ। अब यो वर्ष खेती पनि ढिलै पाक्छ होला।’

जिल्लाको दिपायल, सिलगढी, कालागाढ, जोरायल, बिपीनगर, बर्छैन, बडिकेदार, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, मौवा, गड्सेरालगायत क्षेत्रमा अहिले धान रोपाइँले किसानलाई भ्याइनभ्याई भएको किसानहरू बताउँछन्।

सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका त्यहाँका धेरै किसान अहिलेसम्म पनि आकाशे पानीको भरमा रोपाइँ गर्ने गर्छन्। एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशमा कैलालीमा ७१ हजार ७०० हेक्टर, कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ।

पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको मात्रै सुविधा छ।

यतिमात्रै नभई रासायनिक र डिएपी मल अभावले किसानलाई झनै समस्या थपिएको छ। यस वर्ष यहाँका किसानले बिनामल रोपाइँ गर्न बाध्य भएको अर्का किसान बिक्रमबहादुर थापाले बताए।

उनले भने, ‘मलबिना रोपाइँ गर्न बाध्य भएका छौँ, यसरी गरिएको खेती के सप्रिएला र ?’

रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुकीछिपीरूपमा कम गुणस्तरको रासायनिक मल ल्याएर रोपाइँ गर्नुपर्ने बाध्यता किसानसँग रहेको छ।

प्रतिक्रिया दिनुहोस