२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयको भिडियो र रक्षा मन्त्रालयको चिठी संसद्‌मा पठाउन सुवास नेम्वाङको माग

अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दर परिवर्तन गरेको तथा एसपीपीमा पत्राचार गर्न कसको नेतृत्वको सरकारले सेनालाई स्वीकृति दिएको थियो भन्ने यथार्थ पत्ता लगाउनका लागि सिसिटिभी भिडियो र पत्रहरू संसदमा पठाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

६४ औँ संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले आज (बिहीबार) आयोजना गरेको कार्यक्रममा नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय प्रमुख प्रतिपक्षले उठाइरहेको र एसपीपी केपी शर्मा ओलीले पत्राचार गरेको भन्ने सार्वजनिक प्रश्नको जवाफ संसदबाट दिन सकिने बताए ।

नेम्वाङले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न सरकार र सभामुख तयार हुनुपर्ने बताए ।

उनले प्रमुख प्रतिपक्षी दलले उक्त विषय संसद्‌मा उठाएको अवस्थामा प्रमुख प्रतिपक्षको प्रतिनिधिलाई पनि राखेर अर्थ मन्त्रालयको जेठ १४ गतेको १२ घण्टाको सिसिटिभी फुटेज देखाउन सुझाव दिए ।

उनले प्रधानमन्त्री निवासमा गर्ने हो कि संसद्‌मा कहाँ हेर्ने हो त्यसको व्यवस्था गरेर अर्थ मन्त्रालयको विवाद टुङ्गो लगाउन बताए ।

‘हामीले त्यहाँ अनधिकृत व्यक्ति प्रवेश गरेको भनेर प्रश्न उठाएका छौँ । अर्थमन्त्रीले त्यस्तो होइन भन्नुभएको छ । त्यसको निकासका लागि सरकार र सभामुखले प्रतिपक्षको प्रतिनिधि राखेर १२ घण्टाको भिडियो हेरौँ’, उनले भने, ‘तपाईँले भनेको रहेनछ भने भइहाल्यो ।’

त्यस्तै, नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा पत्राचार गर्न कुन सरकारले सेनालाई अनुमति दिएको थियो भन्नेबारे रक्षा मन्त्रालय र सेनामा रहेका पत्र संसदमा पठाउन पनि प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

‘एसपीपीलाई लिएर केपी ओली प्रधानमन्त्री बनेको १५ औँ दिनमा सेनाबाट चिठी गएछ । त्यो प्रश्न उठ्ने बित्तिकै यो चिठी त केपी ओलीले लेखेको हो भनियो । उहाँ (ओली)ले भन्नुभयो मैले सेनालाई लेख्न लगाएको होइन, उनले भने, यो प्रश्न उठेको छ, जवाफ कहिलेसम्म आउँछ ? एसपीपीवाला सबै डाडूपन्यू सरकारको हातमा छ । रक्षा मन्त्रालयको चिठी, सेनाका चिठी संसद्‌मा प्रस्तुत गरिदिनुस् । जो जो त्यसमा संलग्न छन् त्यो देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस