२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर पक्षको बैठकलाई काउन्टर, उपसभापति खड्काले बोलाए निर्वाचन परिचालन समिति बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । समितिका संयोजक समेत रहेका खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको भन्दै त्यसअघि परिचालन समितिको बैठक बस्न लागेको खड्काले जानकारी दिए ।

उनका अनुसार परिचालन समितिले केन्द्रीय कार्यसमितिमा स्थानीय निर्वाचनको प्रतिवेदन बुझाउने छ । यता नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरु बैठक बोलाएका छन् । दिउँसो दुई बजे काठमाडौँको बत्तीसपुतलीमा कोइराला पक्षको बैठक बस्न लागेको छ । सभापति शेरबहादुर देउवाले विधानको पालना नगरेको र भ्रातृ संस्थामा एकलौटी गरेको भन्दै कोइराला पक्ष आन्तरिक रणनीति बनाउने तयारीमा छ ।

कोइराला पक्षको बैठकलाई काउन्टर दिने गरी उपसभापति खड्काले स्थानीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको देखिन्छ । कोइराला पक्षीय शीर्ष नेता पनि परिचालन समितिको सदस्य छन् ।

नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार लगायत समितिका सदस्य छन् । केन्द्रीय समिति बैठकअघि उपसभापति खड्काले बैठक बोलाएपछि कोइराला पक्षका नेता सानेपा जाने कि बत्तीसपुतली भन्ने अन्योल छ ।

प्रतिक्रिया दिनुहोस