गोठ भत्किँदा एक जानको मृत्यु, १ घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

गोठ भत्किँदा एक जानको मृत्यु, १ घाइते


१६ असार २०७९, बिहिबार


काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिका-१० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी छोरी रेखा भट्टराईको मृत्यु भएको हो । घटना लगत्तै स्थानीयले उनलाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

आज बिहान ५ बजे भएको घटनामा रेखासँगै रहेका उनका १६ वर्षका दाजु लक्ष्मण भट्टराई घाइते भएका छन् । घटनामा गोठमा रहेका एक भैँसी र दुईवटा बाख्रा पनि मरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस