सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री


१५ असार २०७९, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् ।

बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् ।

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए ।

मन्त्री बडूले इन्धनको मूल्य एक्कासी बढेपछि खाद्यान्न, औषधि र सेवामा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस