२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

अ+ अ-

काठमाडौँ । सरकारले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आज (बुधबार) आयोजित नियमित पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले लामो समयदेखि स्थायी कार्यालय सहयोगीले आफ्नो सेवा समूह र पद परिवर्तन गर्न गर्दै आएको मागलाई सम्बोधन गर्दै श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।

मङ्गलबारको बैठकले काठमाडौं उपत्यकाभित्रका प्रसारण लाइन र सब–स्टेसनमा संरचनाको सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने निर्णय गरेको गरेको छ ।

मन्त्री कार्कीका अनुसार सरकारले उक्त कामका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारीसमेत तोक्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्री कार्कीका अनुसार मङ्गलवारको बैठकले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

बैठकले महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस