अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो


१५ असार २०७९, बुधबार


तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ ।

माथिबाट पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्ध नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, ‘अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस