विराटनगरका विद्यालय आजदेखि शुक्रबारसम्म बन्द रहने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विराटनगरका विद्यालय आजदेखि शुक्रबारसम्म बन्द रहने


१५ असार २०७९, बुधबार


काठमाडौँ । विराटनगर महानगरपालिकाले आजदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

भारी वर्षाले महानगरभित्रका विद्यालय डुबानमा परेको र अझ केहीदिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न महानगरले आग्रह गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस